पराजुलीलाई पार्टीमा पनि कारवाही गर्न रामकुमारी झाँक्रीको माग

Ramkumari-Jhakriकाठमाण्डौ । एमाले नेतृ रामकुमारी झाँक्रीले कृषिमन्त्रीबाट राजीनामा दिएका हरिप्रसाद पराजुलीलाई पार्टीमा पनि अनुशासनको कारवाही गर्न माग गरेकी छिन् । मन्त्री पराजुलीले पदबाट राजीनामा बुझाएपछि फेसबुकमा स्टाटस लेख्दै उनले पार्टीमा कारवाहीको माग राखेकी हुन् ।

‘हरि पराजुलीले मन्त्रीबाट राजीनामा दिए, स्वीकृत भयो होलारहुन्छ । तर पार्टी्भित्र अनुशासनको कारवाही नहुने ? पार्टीमा पनि कारवाहीको विषय हुनुपर्छ,’ उनले बिहीबार बिहान लेखेकी छिन् ।

यसअघि उनले धान रोपाईंमा गरेको ताण्डवलाई लिएर पराजुलीलाई हटाउन पार्टी अध्यक्ष केपी ओलीलाई चुनौति दिएकी थिइन् । चर्को जनदवावका कारण पराजुलीले पदबाट राजीनामा दिए पनि उनलाई पार्टी्भित्र कारवाही गर्नेबारे एमाले मौन छ ।

प्रतिक्रिया दिनुहोस्: