पूर्वमन्त्री आलम प्रहरीको मोस्ट वान्टेड सूचीमा

08काठमाण्डौ । हत्या अभियोग लागेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताव आलमलाई प्रहरी प्रधान कार्यालयले मोस्ट वान्टेड सूचीमा राखेर खोजीकार्य अघि बढाएको छ ।

७ वर्षअघि बम विस्फोटमा परी घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय रौतहटले छानबिन थालेपछि पूर्वमन्त्री आलम फरार छन् ।

१ महिनाअघि सर्वोच्च अदालतले रौतहट प्रहरीलाई पक्राउ अभियुक्त पक्राउ नगर्नुृको कारण खोजेपछि उनी फरार बनेको स्रोतले जनायो । प्रहरी स्रोतका अनुसार आलम अहिले भारतमा छन् । आलम पहिलो संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर २ बाट विजयी बनेका थिए । आजको कारोबार दैनिकमा मातृका दाहालले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्: