युवतीसँग किस माग्ने असई कारबाहीमा

10काठमाण्डौ । मापसे चेकजााचका क्रममा घुसबापत किस माग्दै युवतीलाई यौन दुव्र्यवहार गर्ने ट्राफिक प्रहरीका असई सात महिनापछि कारबाहीमा परेका छन् । असई पुरुषोत्तम ढकाललाई विभागीय कारबाहीस्वरुप तीन ग्रेड रोक्का गरिएको छ ।

गत २ मंसिरमा डिल्लीबजारमा मापसे चेकिङको क्रममा उनले स्कुटरचालक युवतीाई बिलबुक नवीकरण नगरेको भन्दै कारबाही गर्न खोजेका थिए । तर, एकपटक किस गर्न दिए कारबाहीबाट जोगाइदिनेभन्दै उनले युवतीसँग बार्गे्निङ गरेका थिए ।

पछि युवतीकै स्कूटरमा बसेर उनले उनलाई दुव्र्यबहार गरेका थिए । भोलिपल्ट युवतीले महानगरीय ट्राफिक प्रहरी महाशाखामा उजुरी दिएकी थिइन् । सोही दिन महाशाखाले उनलाई निलम्बन गरी छानबिन थालेको थियो । युवतीलाई छाडेपछि पनि उनले पटकपटक फोन गरेर युवतीलाई दुःख दिएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: