लिपुलेक ’अतिक्रमण’ बारे सरकार जबाफ देओस संसद

02काठमाण्डौ । सभामुख सुवास नेम्बाङले छिमेकी भारत र चीनले दार्चुलास्थित नेपाली भूमि लिपुलेक अतिक्रमण गरी व्यापारिक केन्द्र बनाउन लागेको भन्ने विषयमा सत्यतथ्य जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

संसद्को बुधबारको बैठकमा सत्तासीन र विपक्षी दलका सभासद्ले लिपुलेकस्थित नेपाली भूमि अतिक्रमण गरी भारत र चीनले व्यापारिक केन्द्र बनाउन सम्झौता गरेको भन्दै चर्को विरोध गरेपछि सभामुखले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

‘लिपुलेकबारे सभासद्हरूले गम्भीर कुरा उठाउनुभएको छ’, सभामुखले बैठकमा रुलिङ गर्दै भने, ‘यथार्थ के हो ? सरकार यस विषयमा के गरिरहेको छ ? यस विषयमा भोलि (बिहीबार) बस्ने संसद् बैठकमा जानकारी गराउन सरकारलाई निर्देश गर्दछु ।’

त्यसअघि बैठकमा एमाओवादी सभासद् जनार्दन शर्माले नेपाली भूभागमा हस्तक्षेप स्वीकार्य नहुने बताए। ’कूटनीतिक तवरले हल गर्नुपर्ने विषयमा सरकार किन मौन बसेको हो ? ’ शर्माले प्रश्न गरे, ‘हाम्रो सार्वभौमिकतामाथि प्रश्न उठेको छ । हामीलाई हस्तक्षेप स्वीकार्य छैन ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाली भूभाग मिच्ने गरी भएको सम्झौता स्वीकार्य नभएको बताए । ’भारत र चीनबीच लिपुलेकबारे सम्झौता भएको डेढ महिना बितिसक्दा पनि सरकार किन चुप बसेको हो ?’

थापाले प्रश्न गरे, ‘नेपालको भूभाग मिचिने गरी छिमेकी देशले गरेको सम्झौताको रहस्य के हो ? आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: