प्रधानमन्त्रीद्वारा कृषिमन्त्री पराजु्लीको राजीनामा स्वीकृत

hhhhकाठमाण्डौं । प्रधानमन्त्री सुशील कोइरालाले कृषिमन्त्री हरिप्रसाद पराजुलीको राजीनामा स्वीकृत गरेका छन् । कृषिमन्त्री पराजुलीले बिहीबार पार्टी अध्यक्षमार्फत प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए ।

पराजुलीले बुझाएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले जानकारी दिए । धानदिवसको अवसर असार १५ गते आयोजित कार्यक्रममा अश्लील हर्कत गरेपछि मन्त्री पराजुलीको आफ्नै पार्टी एमाले र बाहिरसमेत तीव्र आलोचना भएको थियो ।

लगत्तै एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री बामदेव गौतमले मन्त्री पराजुलीलाई राजीनामा गर्न आग्रह गरेका थिए । मन्त्री पराजुलीले बिहान ओली निवास बालकोट पुगेर पार्टी अध्यक्षलाई राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्: