अभिनेत्री हेमा मालिनीसहित ५ घाइते, एक बालिकाको निधन

hema maliniजयपुर । बलिउड अभिनेत्री तथा भाजपा सांसद हेमा मालिनीको कार दुर्घटना हुँदा एक बालिकासहित ५ जना घाइते भएका छन् । बिहिबार राती हेमाको मर्सि्डिज कार जयपुर आगरा राजमार्गमा कारसँग ठोक्किएको थियो ।

दूर्घटनामा कारमा सवार डेढ सालकी बालिकाको निधन भएको हो । दुर्घटनामा परी हेमा मालिनीसहित ५ जना घाइते भएका छन् । जसमा बालिकाको आमा र बुवा पनि रहेका छन् ।

हेमा मालिनीलाई जयपुरको फोर्टिस अस्पतालमा भर्ती गरिएको छ । शुक्रबार नै हेमा मालिनीका ड्राइभरलाई प्रहरीले पक्राउ गरेको छ । घटना राती करिब ९ बजे घटेको थियो । हेमा मालिनी भरतपुरबाट जयपुरमा एउटा कार्यक्रममा सहभागी हुन आउँदै थिइन् ।

घटनापछि प्रहरी र स्थानीयले घाइतेको उद्धार गरी नजिकको अस्पतालमा भर्ना गरेका थिए । दुर्घटनामा परी हेमाको टाउकोमा गम्भिर चोट लागेको बताइएको छ । त्यस्तै कम्मर र हातमा पनि चोट लागेको छ । दौसाका एसपी अशुंमान भौमियाका अनुसार घटना तीव्र गतिका कारण हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: