चीनमा शक्तिशाली भूकम्प

chinकाठमाण्डौ । शुक्रबार बिहान चीनमा शक्तिशाली भूकम्प गएको छ। चीनको दक्षिण प्रान्तको सिन्जियाङको होतान सहर नजिकै केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको युएस जियोलोजिकल सर्भेले जनाएको छ ।

होतान सहरबाट १ सय ६० किलोमिटर उत्तरपश्चिम केन्द्रबिन्दु भएको भूकम्पको मापन अमेरिकी भूगर्भ संस्था युएसजिएसले ६.१ म्याग्निच्युड र ’चाइना अर्थक्वेक नेटवर्क सेन्टर’ले भने ६. ५ म्याग्निच्युडको गएको जनाएका छन् ।

शुक्रबार बिहान नेपाली समय अनुसार ६ बजेर ५२ मिनेटमा भूकम्प धक्का महसुस भएको थियो । भूकम्पले अहिलेसम्म कुनै पनि मानवीय तथा भौतिक क्षति नपुर्‍याए अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: