तेस्रो टी–२० मा पनि नेपाल पराजित

03काठमाण्डौ । तेस्रो टी–२० क्रिकेटमा पनि नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । बिहबिार राति भएको खेलमा नेपाल १८ रनले पराजित भएको हो । जितसँगै नेदरल्याण्डले चार टी–२० म्याचको श्रृखला ३–० ले आफ्नो पक्षमा पारेको छ ।

१ सय ५० रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १ सय ३३ रनमात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले सर्वा्धिक ३६ रन बनाए भने शरद भेसवाकरले २४, प्रदिप ऐरीले १८, ज्ञानेन्द्र मल्लले १७ र सुवास खकुरेलले १४ रन बनाए ।

नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्डका असन मल्लिकले सर्वा्धिधक ४ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले पिटर माएबर्गको उत्कृष्ट ब्याटिङको मदतले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।

माएबर्गले अविजित ७१ रन बनाए । नेपालका करण केसीले २, तथा बसन्त रेग्मी, सागर पुन र शक्ति गौचनले समान १–१ विकेट लिए । नेपालले अब शुक्रबार चौथो तथा अन्तिम खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: