निशा अधिकारीले केश मुण्डन गर्नुको ३ आशंका

01काठमाण्डौ । मिसन पैसा, मायाज् बार, धुवाँ यो नशा, मुखौटो, पद्मिनीलगायतका नेपाली चलचित्रमा अभिनय गरेकी निशा अधिकारी एकाएक परिवर्तन होलिन् भन्ने सायदै सोचिएको थियो ।

उनको अभिनय जति रुचाइएको थियो, त्यति नै उनको कपालको चर्चा पनि सुनिन्थ्यो । महिलाका ३२ गुणमध्ये एक सुन्दर केश पूरै खौरिएर निशाले फेसबुकमा फोटो राखिन् ।

यसको कारण खुलेको छैन । तर, केही समयअघि अमेरिका पुगेकी निशाको कपाल मुण्डनबारे नेपालमा टीका–टिप्पणी सुरु भएको छ । फेसबुकमा भने उनले लेखेकी छिन्, ‘मैले मुन्डन भएको प्रत्येक क्षण आनन्द लिएँ ।

तपाईंले त्यही गर्नुपर्छ, जुन तपाईंको हृदयले चाहन्छ । कारण त्यति काफी छ ।’ त्यसमा प्रशंसा, आलोचना तथा जिज्ञासा गर्ने सयौँ छन् । बिहीबार साँझ दोस्रोपटक फेसबुकमा निशाले लेखेकी छिन्, ‘म कसैको दास होइन, स्वतन्त्र रूपमा बाँच्न चाहन्छु ।’ निशाले कपाल मुण्डन गर्नुअघि नै कपाल छोट्याएको फोटो पनि फेसबुकमै पोस्ट गरेकी थिइन् ।

तीन आशंका

फेसबुकमा आफ्नै स्वतन्त्रताका लागि कपाल काटेको निशाले बताए पनि नेपालमा उनका शुभचिन्तक तथा दर्शक उनको निर्णयबाट अचम्ममा परेका छन् । उनको कपाल मुण्डनबारे अनेक आशंका छन् । नगरिऊन् पनि किन, उनी सेलिब्रेटी हुन् ।

१. भेषवाकरसँग ब्रेकअप स् दुई वर्षअघिदेखि निशा र नेपाली क्रिकेटर शरद भेषवाकरको प्रेमबारे चर्चा चुलिएको थियो । केही महिनायता भने उनीहरूको सम्बन्ध राम्रो नरहेको हल्ला चलेको छ । कतै यही त होइन निशाले कपाल मुण्डन गर्नुपर्ने कारण ?

२. हलिउडको सिको स् कपाल मुण्डन गरेका हलिउडका हिरोइन प्रशस्त छन् । अमेरिकामै फिल्म निर्देशन अध्ययन गरेकी निशाको हलिउडकर्मीसँग संगत पनि होला । कतै यो कपाल मुण्डन त्यतैको सिको वा प्रभाव त होइन ?

३. स्वास्थ्यमा समस्या स् कपालको स्वास्थ्यमा कुनै समस्या आए, कपाल मुण्डन गर्नुपर्छ भन्ने विश्वास नेपालमा छ । कतै निशाको सुन्दर कपालमा कुनै रोग लागेकाले काट्नुपरेको त होइन ? यस्तो बाध्यताले पनि उनले कपाल मुण्डन गरेकी हुन सक्छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: