फुजेल काण्डको मुद्दा सर्वाेच्चमा

sarwachaकाठमाण्डौ । गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्वन्धी मुद्दा जिल्ला,पुनरावेदन हुदै सर्वोच्च प्रवेश भएको छ । कर्तव्य ज्यान मुद्दामा आरोपितहरुलाई पुर्पक्षका लागि थुनामा पठाउनु पर्नेमा जिल्ला र पुनरावेदन धरौटीमा रिहा गरेको जिकिर गर्दै सर्वोच्चमा निवेदन दिइएको हो ।

गंगामाया र नन्दप्रसाद दुवैका तर्फवाट दिएको जाहेरीमा रहेका विपक्षीहरुलाई तत्काल पक्राउ गरी थुनामा राखी मुद्दाको किनारा गर्न गराउन माग गरिएको छ । वीर अस्पतालमा रहेकी आमा गंगामाया अधिकारीले छोराको हत्यामा संलग्नविरुद्ध दायर मुद्दामा फैसला प्रक्रिया अगाडि नबढे पुनः आमरण अनशन बस्ने चेतावनी दिएकी थिइन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: