अन्तरक्रिया कार्यक्रम सम्पन्न

उद्धव पुरी/
बिर्तामोड । नेपाल दशनामी समाजले शनिबार चारपानेमा जिल्ला र जिल्लाका सबै नगर कमिटिका पदाअधिकारीहरुलाई सपथ ग्रहण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल दशनामी समाजक केन्द्रीय अध्यक्ष रन्जनकुमार गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता झापा जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरीले गरेका थिए ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष गिरीले दशनामीलाई खसमा राखिएको बताउदै दशनामी खस नभई छुट्टै भएको बताए । dus 19

                                                                                                           फोटो : बिनोद पाण्डे

उनले देशभर रहेका दशनामीलाई जोड्नु दशनामी समाजको लक्ष्य रहेको बताए ।

उनले दशनामीहरुको आर्थिक समृद्धीका लागि बिभिन्न प्रकारका कार्यक्रम ल्याएर संगठित गर्ने बताए । जिल्ला अध्यक्ष चन्द्रप्रकाश गिरीले कार्यक्रमका बिषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा जिल्ला तथा बिर्तामोड नगर, शनिअर्जुन नगर, कन्काई नगर, मेचीनगर, भद्रपुरनगर र दमकनगर कमिटीलाई सपथ ग्रहणसँगै प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा पुर्व केन्द्रीय उपाध्यक्ष केदारप्रसाद गिरीले दशनामीहरु देशको जुनसुकै स्थानमा रहेपनि शिर उचो राखेर बसेको बताए ।

उनले दशनामीहरुको संस्कृति नयाँ पुस्ताले बिर्सन सक्ने भएकाले पनि संगठित हुन जरुरी रहेको बताए । दशनामीहरुको प्रतिनिधित्व सबै ठाउमा हुन आवश्यक रहेका समेत गिरीको भनाई छ ।

कार्यक्रममा केन्द्रीय सदस्य मणिराम गिरी, डम्बर बन, लगायतले बोलेका थिए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष गोबिन्दबिक्रम गिरी, केन्द्रीय संरक्षक भरतलाल गिरी, पत्रकार गोपाल गिरी, सुनसरी अध्यक्ष टीकाबहादुर बन, सुनसरी सदस्य सुरेश गिरी, जिल्ला सल्लाहकार सदस्य लबकुश गिरी, सल्लाहकार अम्बरबहादुर गिरी लगायत २ सय बढीको उपस्थिति रहेको कार्यक्रमलाई जिल्ला सचिब गणेश गिरीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: