अर्बपतिलाई मिरान्डाको चुम्बन

एजेन्सी । अस्ट्रेलियाकी प्रख्यात मोडल मिरान्डा केर अहिले विवादमा तानिएकी छन् । आफ्नो सुन्दरताका कारण हलिउडमा समेत ख्याति कमाएकी उनले अस्ट्रेलियाका अर्बपति इवान स्पिगेललाई एक रेस्टुरेन्टमा चुम्बन गरेको कारण विवादमा तानिएकी हुन् ।

रेस्टुरेन्टमा मिरान्डा र इवानसँगै रमाइलो गरिरहेको देखिएकाले उनीहरू प्रेममा रहेको हुन सक्ने धेरैले अनुमान गरेका छन् । उनीहरूसँगै हुँदा एकआपसमा खुलेको, खुसी देखिएको बताइएको छ । फोब्स म्यागेजिनले इवानलाई संसारको सबैभन्दा कान्छो अर्बपति घोषित गरेको छ ।

उनीसँग लोकप्रिय मोबाइलको एप्स स्वामित्वमा छ । जसको माध्यमबाट मोबाइल प्रयोगकर्ता म्यासेज पठाउने, भिडियो एकअर्काको साथ र्पुयाउन सक्छन् । मिरान्डा केरको सुन्दरतामा लोभिनेको संख्या कम छैन । तर उनी इवानको बहुपासमा परेको हुन सक्ने अ0नुमानले धेरैलाई निरास बनाएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: