क्षतिग्रस्त सम्पदा खतरा सूचीबाट बचे

01काठमाण्डौ । उपत्यकाका विश्वसम्पदाहरू तत्कालका लागि खतराको सुचीमा नपर्ने भएका छन् । वैशाख १२ को भूकम्पले विश्व सम्पदाको सुचीमा परेको उपत्यकाका ७ सम्पदामा बढी क्षति भएको छ ।

योसँगै युनेस्कोले उपत्यकाका सम्पदालाई विश्व सम्पदाको खतराको सुचीमा राख्ने संभावना बढेको थियो । युनेस्कोले सन् १९७९ मा उपत्यकाका ७ ओटा पुरातात्विक सम्पदा क्षेत्रलाई विश्वसम्पदा सुचीमा राखेको हो । त्यस मध्ये ४ धार्मिक (पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तुप, स्वयम्भूनाथ स्तुप र चाँगुनारायण मन्दिर) र सास्कृतिकतर्फ ३ दरबार स्क्वायर (हनुमानढोका दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायर) छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: