नाराबाजीबीच अघि बढ्यो सभा

samsadकाठमाण्डौ । राप्रपा नेपालको नाराबाजी र अवरोधबीच संविधानसभामा नयाँ संविधानको मस्यौदामाथिको छलफल शुक्रबार सुरु भएको छ । मस्यौदा समितिको निर्णयविपरीत मौलिक हकमा धर्म परिवर्तनको हक राखिएको र स्थानीय निर्वाचन ६ महिनाभित्र गर्ने भनिएकोमा मिति हटाइएको भन्दै राप्रपा नेपालले शुक्रबार संविधानसभामा झन्डै पाँच घन्टा नाराबाजी गरी अवरोध गरेको थियो ।

दिउँसो दुई बजेर १२ मिनेटदेखि सुरु भएको नाराबाजी साँझ सवा सात बजेसम्म चलेको थियो । नाराबाजीबीच सभाध्यक्ष सुवास नेम्बाङले साँझ पौने सात बजे संविधानसभा बैठक अघि बढाएका थिए ।

मस्यौदामाथि एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल, एमालेका भानुभक्त ढकाल र कांग्रेसका धनराज गुरुङले बोलेका थिए। सभाध्यक्ष नेम्बाङले थप छलफलका लागि शनिबार तोकेका छन् ।

संविधानसभा अवरुद्ध नहुने अन्तरिम संविधान, संविधानसभा नियमावली र विगतको प्रचलन रहेको भन्दै सभाध्यक्षले नाराबाजीबीच मस्यौदामाथि छलफल अघि बढाएका थिए ।

एमाओवादीसहित मधेस केन्द्रित दलको अवरोधबीच गत माघ ७ गते पनि यसैगरी संविधानसभा सञ्चालन गरिएको स्मरण गराउँदै नेम्बाङले भने, ‘संविधानसभा संविधान बनाउन हो, अवरुद्ध गर्न होइन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: