प्रधानमन्त्रीलाई धुलिखेल जान पनि हेलिकोप्टर

03काभ्रे । असार सामान्यतया सार्वजनिक गाडीमा काठमाडौँको पुरानो बसपार्कबाट सदरमुकाम धुलिखेल झन्डै सवा घन्टामा पुगिन्छ । निजी सवारीसाधनमा काठमाडौंबाट ३० किलोमिटरको दूरीमा रहेको धुलिखेल पुग्न झन्डै आधा घन्टा लाग्छ ।

तर, त्यही ३० किलोमिटरको दूरीमा रहेको धुलिखेल पुग्न प्रधानमन्त्री सशील कोइरालाले हेलिकोप्टर प्रयोग गरेका छन् । बिपी राजमार्ग उद्घाटनका लागि शुक्रबार धुलिखेल पुग्न प्रधानमन्त्री कोइरालाले नेपाली सेनाको एन एक–०५६ नम्बरको हेलिकोप्टर चार्टर गरे ।

उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि, सभासद् तथा कांग्रेस नेतृ सुजाता कोइराला, कञ्चनचन्द्र बादेसहित धुलिखेल पुगेका थिए । जिल्ला प्रहरी कार्यालयअगाडिको मैदानमा हेलिकोप्टरबाट ओर्लिएका प्रधानमन्त्री कोइराला त्यहाँबाट भने झन्डै तीन सय मिटरको दूरीमा रहेको कार्यक्रमस्थल बा.१झ ४७२८ नेपाल जापान लेखिएको गाडीमा पुगेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: