प्रहरीले गुण्डालाई गोली हान्यो

pestolकाठमाण्डौ । नेपाल प्रहरीले एक गुण्डालाई सुन्धारामा गोली हानेको छ । अपराध महाशाखाबाट खटिएको टोलीले रावणजीत तामाङलाई गएराती पौने २ बजे सुन्धारास्थित बेबिलोन डिस्कोमा गोली हानेको हो ।

उनलाई घुडामुनि ३ वटा गोली लागेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । महाशाखाका अनुसार तामाङ डिस्कोमा रहेको जानकारी पाएपछि पक्राउ गर्न प्रहरी सुन्धारा जाँदा उनी आफ्नो समुहसहित प्रहरीलाई आक्रमको प्रयास गर्दै भाग्न खोजेका थिए ।

सोहि क्रममा प्रहरीले गोली चलाएको हो । तामाङको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । तामाङ लागु औषध ओसारपसार, गुण्डागर्दी तथा अपहरण काण्डमा सिन्धुपाल्चोक जिल्ला अदालतले १० वर्ष कैद तोकेको फरार अपराधि रहेको जनाइएको छ ।

तामाङ बैशाख १२ गतेको भुकम्पपछि जिल्ला कारागार ध्वस्त भएपछि तामाङसहित त्यहाँबाट २ सय १६ कैदी भागेका थिए । सुन्धाराबाट प्रहरीले तामाङसहित भक्तपुरका उमेश श्रेष्ठलाई पनि पक्रेको छ । उनी तामाङकै समुहका रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: