मृतक राजवंशीको परिवारलाई नगद सहयोग

dhansingबिर्तामोड । सिटि सफारी मजदुर संघ झापाले गउरको आक्रमणमा परी मृत्यु भएका केरकेरु राजवंशीको परिवारलाई नगद सहयोग गरेको छ । शनिवार संघको तर्फबाट अध्यक्ष धनसिंह राजवंशीले नगद २१ हजार ५१ रुपैया राहत स्वरुप सहयोग गरेको हो ।

राजवंशीको निधन भएको तेस्रो दिन समवेदना कार्यक्रमका बीच सो रकम हस्तान्तरण गरिएको संघका अध्यक्ष राजवंशीले बताए । संघकी सचिव दुर्गादेवी चुडालले संचालन गरेको समवेदना कार्यक्रममा सयौँ सफारी चालकको उपस्थिति रहेको थियो । केरकेरुलाई जेठ ३२ गते आएको जंगली जनावार गउरले आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: