वैद्य भन्छन्–चीनविरुद्ध पनि लड्नुपर्ने अवस्था आयो

mohanकाठमाण्डौ । नेकपा(माओवादीका अध्यक्ष मोहन वैद्यले अब चीनविरुद्ध पनि लड्ने उद्घोष गरेका छन् । लिपुलेकबारे भएको सम्झौतापछि चीन र भारत एउटै कित्तामा आएको बैद्यको विश्लेषण छ ।

शनिबार ललितपुरको कुपण्डोलस्थित नेवाः राज्य कार्यालयमा भएको उपत्यका ब्युरो स्तरीय प्रशिक्षण कार्यक्रममा वैद्यले चीन विरुद्ध पनि लड्नुपर्ने अवस्था आएको बताए ।

‘दक्षिणबाट त हस्तक्षेप छँदैछ, अहिले चाइनाले पनि लिपु भञ्ज्याङमा सहमति गरेर गम्भीर प्रकारको हस्तक्षेप गरेको छ’, वैद्यको भनाई उद्धृत गर्दै एक कार्यकर्ताले भने–‘चीन र भारत एउटै किसिमले अगाडि बढ्दा फरक ढंगले लड्नुपर्ने अवस्था उत्पन्न भएको छ ।’

विगतमा दक्षिणबाट आएको समस्या हुँदा उत्तरबाट खबरदारी गर्ने गर्ने गरेका भएपछि पछिल्लो पटक चीन पनि चुकेको बैद्यले बताए ।

प्रतिक्रिया दिनुहोस्: