सम्झौतावादमा पार्टी फँसेको एमाओवादी सभासद्को आरोप

mawowadiकाठमाण्डौ । एकीकृत नेकपा (माओवादी), संसदीय दलको बैठकमा सभासद्ले सधैँ सम्झौता मात्रै गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । सम्झौता गर्ने नाममा पार्टीले विगतमा उठाएका मुद्दालाई भुल्र्दै गएको आरोप लगाउँद्यै आफ्ना मुद्दाहरुलाई पनि संस्थागत गर्न पार्टी नेतृत्वलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।

पार्टीका उपनेता टोपहादुर रायमाझीको अध्यक्षतामा संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको संसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सभासद्ले पार्टी नेतृत्व सम्झौतावादमा फसेको र विगतमा जनताका सामु गरिएको प्रतिबद्धता भुल्दै गएको भनी आपत्ति प्रकट गरेका थिए ।

बैठकमा एमाओवादीका सभासद्ले प्रमुख राजनीतिक दलका बीचमा भएको १६ बुँदे सहमतिले विगतका सहमति तथा सम्झौतालाई खारेज गरेको र परिवर्तनका कार्यसूचीलाई अस्वीकार गरेकामा नेतृत्वले जवाफ दिनुपर्ने धारणा राखेका थिए ।

आजको सरकारले आव २०७२र७३ को बजेटमा जनताका कार्यसूचीलाई धेरैभन्दा धेरै समावेश गरिनुपर्नेमा जोड दिएको सभासद् रुपा महर्जनले जानकारी दिए । बैठकमा संसदीय दलका उपनेता टोपबहादुर रायमाझी तथा सभासद् शक्तिबहादुर बस्नेत, जनकराज जोशी, रेखा शर्मा, टेकबहादुर बस्नेतलगायतले आफ्नो धारणा राखेका थिए ।

बैठकमा बोल्दै उपनेता रायमाझीले बजेटमा जनताका योजना पार्नका लागि पहल गर्नुपर्ने बताएका थिए । त्यस्तै शक्ति बस्नेतले बजेटपछि पहल लिनुभन्दा बजेट अघि नै यसमा पहल लिनुपर्ने धारणा राखेका थिए ।

यसैगरी महराले पनि पार्टीले प्रभावकारी बजेटको विषयमा संसदमा कुरा उठाउनुपर्ने बताएका थिए । रेखा शर्माले पनि सभासद्हरुलाई सही ढंगले परिचालन गर्न पार्टीले नीति तर्जुमा गर्नुपर्ने धारणा राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्: