६० वर्षीय वृद्धद्वारा सुस्तमनस्थिती युवती बलात्कृत

balatkirtaत्रिशूली । सुस्तमनस्थिति भएकी युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा खानीगाउँ–१ का ६० वर्षीय विष्णुबहादुर खड्काविरुद्ध शुक्रबार प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

पीडित परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालयमा यही असार १ गते बलात्कार गरेको उजुरी दिएपछि पीडक खड्कालाई गिरफ्तार गरी अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: