खुदुनाबारी बिर्तामोड सम्पर्क मञ्चद्धारा राहत प्रदान

02 (2)बिर्तामोड । झापाको खुदुनाबारीका बाढी पीडितलाई खुदुनाबारी बिर्तामोड सम्पर्क मञ्चले राहत स्वरुप नगद बितरण गरेको छ । मञ्चका अध्यक्ष कुबेर श्रेष्ठ (अरुण) सहित युवा समाजसेबि युवाहरुकोे नेतृत्वमा गएको टोलीले पीडित १५ परिवारलाई ६६ हजार रुपैया बितरण गरेको हो ।

बाढीबाट भएको क्षतीका आधारमा २ हजार ५ सयदेखि १० हजारसम्म बितरण गरेको मञ्चका आर्थिक संयोजक अर्जुन उप्रेतीले बताए । उनीहरुले तटबन्धनका लागि खुदुनाबारीमा गठित बिपद ब्यवस्थापन समितिका सदस्य राजन मैनालीलाई प्रदान गरेको उप्रेतीले बताए ।

मञ्चबाट राहत लिनेहरुमा खुदुनाबारी १ का मानबहादुर बिश्वकर्मा, नारद अधिकारी, हेमबहाद्र लिम्बु, बिष्णुप्रसाद मिश्र, धनबहादुर देवान, प्रकाश तिम्सिना, देवी सिलवाल, चुडामणी अधिकारी, सन्त खड्का, पंकज गजमेर, मिलन मगर रहेका छन् ।

यसैगरी खुदुनाबारी ४ बेल्टारमा भएको क्षतीबाट पीडित बेद प्रकाश भण्डारी, याम लिम्बु, बिमला उपरकोटी र सो क्षेत्रको तटबन्ध निर्माणका लागि १५ हजार रुपैया सहयोग गरेको मञ्चका सचिब सुस्मा घिमिरेले बताइन् ।

मंञ्चको समिति निर्माण02 (1)

बिर्तामोड । बिर्तामोडमा रहेका खुदुनावारीवासीको पहलमा बिर्तामोड खुदुनावारी संम्पर्क मञ्चको चयन भएको छ । शुक्रवार बिर्तामोडमा आयोजित एक भेलाले मंञ्चको गठन गरिएको हो ।

अरुण श्रेष्ठको अध्यक्षतामा गठित समितिको सचिवमा सुस्मा घिमिरे र आर्थीक संयोजकमा अर्जुन उप्रेतीलाई सर्वसम्मत निर्णय गरेको छ । समितिको सदस्यहरुमा मन बहादुर मगर, चन्द्र ढकाल, धन बहादुर कन्दङवा, चन्द्रा घिमिरे, आरती श्रेष्ठ, , कृष्ण उप्रेती, जिवन लिङदेन, दिवस राई, कुसुम कार्की नोबेम्बर नेम्वाङ लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: