गोमेन्द्र बहुमुखी क्याम्पसले सीए कक्षा सुरु गर्ने

बिर्तामोड । बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी क्याम्पसले यसै वर्षदेखि सीए कक्षा सुरु गर्ने भएको छ । मोफसलमा रहेर १९ वर्षदेखि सञ्चालित क्याम्पसले आज पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।

पछिल्लो समय सीएमा विद्यार्थीको आकर्षण बढेको कुरालाई मध्यनजर गरी आफूहरुले कक्षा सञ्चालन गर्न लागेको क्याम्पसले जनाएको छ । सीए भन्ने बित्तिकै महँगो शिक्षा तथा स्थानीय स्तरमा उपलब्ध नहुने किसिमको शिक्षा भन्ने बुझाईमा परिवर्तन ल्याउन आफूहरु अघि बढेको शिक्षक योगेश घिमिरेले बताएका छन् ।

राजधानीको तुलनामा महँगो शुल्क निर्धारण नगर्ने क्याम्पसले प्रष्ट पारेको छ । पाँच वर्षे कोर्ष हुने सीए कक्षा राजधानीबाहेक चितवनमा सञ्चालन भईरहेको छ । गोमेन्द्रले सीए कक्षा सुरु गरेसँगै मेची अञ्चललगायत पूर्वी भेगका विद्यार्थी काठ्माण्डौंसम्म जानु नपर्ने शिक्षक घिमिरेले बताएका छन् ।

हाल बीबीए, बीसीए सञ्चालन गरिरहेको गोमेन्द्रका विद्यार्थीले ०६९ सालमा बीबीएतर्फ पूर्वाञ्चल विश्वविद्यालय प्रथम भई पदकसमेत पाएको क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: