नव निर्माणमा जुटौँ – नेता सापकोटा

झापा । एमाओवादीका स्थाइ समिति सदस्य अग्नि सापकोटाले अस्थाइ टहरा निर्माण गरेर स्थाइ समाधान नहुने बताएका छन् । आइतवार अखिल क्रान्तिकारी झापाले निर्माण गरेको भद्रपुर उच्चमाबिको अस्थाई टहर हस्तान्तरण कार्यक्रमलाई संवोधन गर्दै सापकोटाले अव नव निर्माणमा लाग्नुपर्ने बताए ।

उनले अखिल क्रान्किारीले टहरा निर्माणका लागि गरेको कार्य प्रसंशा योग्य भएको बताए । पुनरनिर्माणमा सबैको उपस्थितिले नेपाली जनतामा एकताको संन्देश प्रवाह हुने नेता सापकोटाको भनाई थियो ।02

प्रमुख राजनीतिक दलले सहयोग गर्दापनि सरकारले भूकम्प पीडितका लागि प्रभावकारी कार्य गर्न नसकेको बताए । पूर्व संचारमन्त्री समेत रहेका सापकोटाले १६ बुँदे सहमतिले संविधान निर्माणको आधार तयार गरेको बताए ।

उनले आफ्नो पार्टीले आधारभूत बिषय नटाडेको बताए । उनले भने‘यही बिचमा सिमाङ्कनको बिषय टुङ्गिन सक्यो भने राम्रो हुन्थ्यो ।’
यसैगरी अखिल क्रान्किारीका केन्द्रीय कार्यालय सदस्य रञ्जित तामाङले जस्तापाता, चामल लगायतका रहत सामाग्री चोरी गर्दै बेच्ने र खेतमा रत्यौली खेल्ने मन्त्रीहरुबाट नव निर्माण सम्भव नहुने बताएका छन् ।

भूकम्पले बिद्यालयको भवन चक्रिएपछि अखिल क्रान्किारीले बनाएको चार कोठाको अस्थाई टहरा पुर्व सञ्चारमन्त्री समेत रहेका सापकोटाले एक कार्यक्रम बिच बिद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

अखिल क्रान्तिकारीका १५ जनाले पाँचदिनको श्रमदानमा निर्माण भएको अस्थाई भवन लगभग तिन लाख ५० हजार खर्च भएको छ । सिमेन्टको पिलर, जस्तापाता, चित्राको बेरा प्रयोग गरी निर्माण भएको अस्थाई भवन निर्माणका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति झापाले दिएको अनुदानमा निर्माण भएको बिद्यालयले जनाएको छ ।03

स्कुलको टहरा हस्तान्तरण कार्यक्रममा एमाओवादी झापा अध्यक्ष तथा पूर्व बिद्यार्थी धर्मशीला चापागाई, अखिल क्रान्तिकारीका केनिद्रय सचिवालय सदस्य महेन्द्र भट्टराई, बिद्यालयका प्रअ कुलबहादुर गुरुङ लगायतले अखिल क्रान्तिकारी झापालाई धन्यवाद दिएका थिए ।

अखिल क्रान्तिकारी झापाका अध्यक्ष रबी बस्नेतले श्रमदानका लागि बिद्यालयले अवसर दिएकोमा धन्यवाद दिएका थिए ।अखिल क्रान्तिकारी झापाका अध्यक्ष रवि बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव अनिल सुवेदीले गरेका थिए ।04

प्रतिक्रिया दिनुहोस्: