बाबुराम पक्षको बेग्लै प्रशिक्षण

baburamकाठमाण्डौ । एमाओवादी नेता बाबुराम भट्टराई पक्षधरले राजधानीमा बेग्लै प्रशिक्षण कार्यक्रम गरेका छन् । राजधानीको थापागाउँस्थित एक बैंक्वेटमा ‘उपत्यकास्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण’ नाम दिइएको कार्यक्रममा उपत्यकाका तीन वटै जिल्लाका भट्टराई पक्षधर नेता, कार्यकर्ता उपस्थित थिए ।

दुई साताअघि एमाओवादी महासचिव कृष्णबहादुर महराले यस्तै खाले प्रशिक्षण कार्यक्रम गरेका थिए । ‘त्यो प्रशिक्षणमा छुटेका साथीहरुलाई बोलाएर कार्यक्रम गरिएको हो,’ भट्टराई पक्षधर नेता देवेन्द्र पौडेलले भने ।

पौडेलका अनुसार दुवै पक्षको संयुक्त प्रशिक्षण गर्न खोजिएको र महरालाई पनि बोलाइएको तर उनी नआएको बताए । कार्यक्रममा भट्टराई र सचिव टोपबहादुर रायमाझीले मन्तव्य दिएका थिए । नेता भट्टराईले नेतृत्वको आलोचना गर्दै पार्टी नयाँ ढंगले नचलाए हैसियत अझै खस्किने धारणा राखेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: