सत्य निरुपण तथा मेलमिलाप आयोगको अन्तरक्रिया

बिर्तामोड । सत्य निरुपण तथा मेलमिलाप आयोगले आइतबार झापाको बिर्तामोडमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आयोगको आयोजनामा जिल्लाका सरकारी कार्यालयका प्रमुख, नागरिक समाज, काुनन ब्यवसायी, स्थानीय शान्ति समिति, पत्रकार लगायतसँग आयोगका कार्यक्रमका बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

01                                                                                                                          फोटो: बिनोद पाण्डे 

आयोगले सशस्त्र द्धन्दका समयमा भएका मानब अधिकारको गम्भिर उल्लङ्घनका घटनाको छानबिन गरी दोषि र पीडित को–को हुन् र घटनाको वास्तबिक सत्य तथ्य पत्ता लगाउने काम गर्ने जनाइएको छ ।

आयोगले २०५२ फागुन १ देखि २०६३ मंशीर ५ गतेसम्मका सशस्त्र द्धन्दसँग सम्बन्धित घटनाको मात्र छानबिन गर्ने बताइएको छ । आयोगले सशस्त्र द्धन्दका क्रममा भएका मानब अधिकारको गम्भिर उल्लङ्घनका घटना र त्यस्तो घटनामा संलग्न ब्यक्तिहरुको बारेमा वास्तविकता सत्य तथ्य पत्ता लगाई सार्वजनिक गर्ने बताइएको छ ।

आयोगले पीडितलाई क्षतिपूर्तिको ब्यवस्था लगायत त्यस्तो घटनासँग सम्बन्धित गम्भिर अपराधमा संलग्न ब्यक्तिलाई कानुनी कारवाहीका लागि सिफारिस समेत गर्ने जनाइएको छ ।

।कार्यक्रममा आयोगका अध्य्रक्ष सूर्यकिरण गुरुङ्ग, सचिब नरेन्द्रमान श्रेष्ठ, सदस्य कृष्ण सुबेदी, नेपाल बार एसोसिएसन झापा अध्य्रक्ष गजेन्द्र आचार्य, बार उपाध्यक्ष जनक पाण्डे, अधिबक्ता लेखनाथ निरौला, स्थानीय शान्ति समिति सदस्य शुसिला ढकाल, कानुन ब्यवसायी दीपक निरौला, अशोक पोख्रेल लगायतको उपस्थिति रहेको थियो । आयोग अध्यक्ष गुरुङ्गले सरकारले प्रत्येक जिल्लामा स्थानीय शान्ति समिति गठन गरेको छ ।

तर, कुनै ठाउँमा शान्ति समिति सक्रिय देखिएको छ भने कुनै ठाउँमा निस्कृय छ । यो अभियानका क्रममा झापा २० औ जिल्ला भएको बताउदै उनले अन्य जिल्लामा पनि यो अभियान सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्: