स्वरा भास्करलाई इटालियन फिल्मको अफर

anu
एजेन्सी । सुपरहिट फिल्म ‘तनु वेड्स मनु’ मा अभिनय गरिसकेकी अभिनेत्री स्वरा भास्करलाई एउटा इटालियन फिल्ममा काम गर्ने अफर मिलेको छ ।

स्वरालाई हालसालैं इटालियन फिल्ममेकर गिगी रोकाटीले आफ्नो फिल्मको लागि सम्पर्क गरेका थिए । यो एउटा कमेडी फिल्म हो जुन लैला वाडियाको इटालियन नोवेलमा आधारित छ ।

स्वराले फिल्मको स्क्रिप्ट पढी सकेकी छिन् उनलाई पनि मन परेको छ । स्वरा अहिले डाइरेक्टर सूरज बड़जात्याको फिल्म ‘प्रेम रतन धन पायो’ को सुटिङ्गमा ब्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्: