दलित छात्रछात्रा पुरस्कृत

ilamइलाम । प्रवेशिका परीक्षामा सामुदायिक र संस्थागत विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने तीन दलित छात्रछात्रा आइतबार पुरस्कृत भएका छन् । दलित जिल्ला समन्वय समिति इलामले प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने ग्रिनभ्याली एकेडेमीकी छात्रा दीक्षान्ती तिरुवालाई रु १० हजार र सामुदायिक तर्फबाट सर्वाेत्कृष्ट अङ्क ल्याउने सिंहदेवी उच्च मावि आमचोकका छात्र युनिस नेपाली र पूर्णस्मारक मावि गोदककी विद्या महरालाई जनही रु पाँच हजारका दरले पुरस्कृत गरिएको छ ।

प्रवेशिकामा तिरुवाले ८७.७५ प्रतिशत, नेपालीले ७६ र महराले ६४ प्रतिशत नतिजा ल्याएका थिए । समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी मदन कोइरालाले दलित समुदायबाट जिल्लामै उत्कृष्ट अङ्क ल्याउनु गौरवको विषय हो भन्दै यसले आगामी दिनमा अरू विद्यार्थीलाई समेत थप हौसला मिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्: