निखिलको चलचित्र ‘भैरव’ को चर्चा

bhaनेपाली एक्शन अभिनेता निखिल उप्रेतीको डेब्यु निर्देशनमा बनेको फिल्म ‘भैरव’ अहिले सबैतिर चर्चामा छ । प्रोमो र गीत सार्वजनिक भएसँगै फिल्मलाई धेरैले आशाका नजरले हेरेका छन् । फिल्म भैरव भदौ ११ गतेबाट अल नेपाल रिलिज हुदैछ ।

भैरव सीमा क्षेत्रमा हुने गरेको तस्करी, भ्रष्टाचार, प्रहरीको समर्पण र सरकारको भूमिकाको बिषयमा निर्माण गरिएको पूर्ण मनोरञ्जक फिल्म हो । फिल्ममा निखिल शीर्ष भूमिकामा छन् ।

सर्लाही र काठमाडौंका बिभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा खतरनाक एक्शन स्टन्टहरु समाबेश गरिएको निर्माण युनीटले जनाएको छ ।
फिल्ममा निखिलको साथै अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाललगायतले अभिनय गरेका छन् ।

रतन दारुवाला निर्माता रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी र हिमाल केसीको द्धन्द्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: