पहिरोपीडितलाई प्रहरीले आठवटा टहरा बनाइदियो

001इलाम । पहिरोको जोखिममा रहेका इरौँटार गाविसका १३ जनाको परिवारलाई सुरक्षित स्थानमा सार्न प्रहरीले त्रिपाल लगाएर अस्थायी आवासगृह निर्माण गरिदिएको छ । गत मङ्गलबार राति परेको भारी वर्षाले सो स्थानका घरपरिवार पहिरोको जोखिममा परेकाले अन्यत्र सार्न इरौँटारको प्रहरी चौकीले अस्थायी आवासगृह निर्माण गरेको हो ।

इरौँटार–५ का वीरबहादुर राई, अमिरबहादुर राई, यामबहादुर राई, पदमबहादुर राई, तारामान राई, आशवीर राई र तेरिज राईको घर, इरौँटार–७ को कुलबहादुर घताने र इरौँटार–९ को रामकुमार राई, लालबहादुर सारु मगर, अमरबहादुर मगर र पर्शुराम राईको घर पहिरोको जोखिममा परेकाले उनीहरुका लागि त्रिपाल हालेर अस्थायी आवासगृह निर्माण गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो । वर्षा हुनसाथ पहिरो खस्ने डरले उनीहरु अस्थायी आवासगृहमा बस्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्: