प्रदेश सीमांकन र नामांकनबिनाको मस्यौदालाई ‘टाउकोबिनाको शरीर’ भन्दै कटाक्ष

sambidhan 2072काठमाण्डौ । संविधानको मस्यौदाप्रति असन्तुष्ट ४ मधेस केन्द्रित दलले आइतबार संविधानसभा बैठक बहिष्कार गरेका छन् । सभा सुरु हुनेबित्तिकै ती दलका तर्फबाट तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्लले प्रदेश सीमांकन र नामांकनबिनाको मस्यौदालाई ‘टाउकोबिनाको शरीर’ भन्दै कटाक्ष गरे ।

‘मधेस विद्रोहपछि अन्तरिम संविधानमा स्वायत्त मधेस प्रदेशसहित अन्य प्रदेशहरू निर्माण गर्ने समझदारी भएको थियो, अहिले ती बुँदा त के, शीर्षक नै गायब पारिएको छ,’ शुक्लले भने, ‘संविधानसभाले गर्नुपर्ने काम पन्छाएर रूपान्तरित संसदलाई टाउको थाप्न लगाउने निर्णय हामीलाई मान्य छैन ।’

संघीय आयोगमार्फत संसदले प्रदेश सीमा र नाम तोक्न नसक्ने शुक्लले जिकिर गरे । नहुनु मामाभन्दा कानो मामा निको भनी मस्यौदा सकारेको भन्दै उनले संवैधानिक, राजनीतिक संवाद समितिका समिति सभापति बाबुराम भट्टराईप्रति घुमाउरो भाषामा व्यंग्य गरे । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: