बाँकेमा जुत्ता पसलमा आगलागी, ३५ लाख क्षति

AAGLAGIबाँके । नेपालगंज उपमहानगरपालिका–२ घरवारी टोलको जुत्ता चप्पल पसलमा सोमबार विहान आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । गोपाल श्रेष्ठले संचालन गरेको जुत्ता चप्पल पसलमा करेन्ट सर्ट भएर आगलागी भएको थियो ।

प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए । यसैगरी सोलुखुम्बुको जुवु–७ बस्ने जयबहादुर राईको घरमा आगो लाग्दा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: