बामपन्थी एकता मंञ्चको संयोजन समिति

190620151658बिर्तामोड । हालै एमाओवादी बाट अलग भएकाहरुले बामपन्थी एकता मंञ्चको संयोजन समिति गठन भएको छ । बिर्तामोमा समपन्न बामपन्थी एकता मंञ्चको बैठकले यज्ञराज प्रसाईको संयोजगत्वमा ९ सदस्य संयोजन समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा नरेन्द्र अधिकारी, सुर्य उप्रेती, जगन्नाथ भट्टराई, देशु बनेम, कृष्ण बिमली, डिपि कट्टेल, पुण्य ओझा रहेका छन् । संयोजन समितिले देशभक्त गणतन्त्रवादी बामपन्थीहरुसंगको छलफललाई युद्ध स्तरमा अगाडी बढाउने समितिका सदस्य नरेन्द्र अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्: