भान्जाद्वारा मामाको हत्या

hatyaपरासी । नवलपरासीको देवचुली नगरपालिका–४ परानपुरमा आज बिहान भान्जाले आफ्नै मामाको हत्या गरेका छन् । कुखुराको विषयमा विवाद हुँदा ३५ वर्षका भान्जा गुनबहादुर आलेले करिब ६० वर्षका मामा तेजबहादुर पुलामीलाई कैँचीले प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

घाइते पुलामीको उचारका क्रममा दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक पर्शुराम तिवारीले जानकारी दिए । यस्तै घटनामा परी मृतकका ३२ वर्षका छोरा मनबहादुर पुलामी घाइते भएको र भरतपुरमा उपचार भइरहेको छ ।

घटनापछि तत्कालै प्रहरी घटनास्थलमा पुगी भान्जा आलेलाई नियन्त्रण लिएको र घटनाका बारेमा अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्: