भूकम्पपछि आत्महत्या बढ्यो

01काठमाण्डौ । उपत्यकामा भूकम्पपछि आत्महत्याका घटना बढेका छन् । फागुन र चैतको तुलनामा वैशाख र जेठमा आत्महत्या गर्ने बढेको महानगरीय प्रहरी कार्यालयको विवरणमा छ ।

प्रहरीका अनुसार उपत्यकामा फागुनमा २६ जना तथा चैतमा २८ जनाले आत्महत्या गरेका थिए । १२ वैशाखको भूकम्पयता वैशाखमा ३६ जना जेठमा ३१ जनाले आत्महत्या गरेका छन् ।

भूकम्पपछि आत्महत्या गर्नेको संख्या बढेको महानगरीय प्रहरीका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले बताए । भूकम्पले दिएको पीडाले पनि आत्महत्याको घटना बढेको हुनसक्ने प्रहरी अनुमान छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: