मस्यौदा सुधार्न थरी–थरी प्रस्ताव

sangiyataकाठमाण्डौ । सभासदहरूले नयाँ संविधानको पहिलो एकीकृत मस्यौदा परिमार्जन गर्न थरीथरी प्रस्ताव राखेका छन् । सैद्धान्तिक छलफलमा पार्टीका प्रभावशाली नेताहरू दलीय अडानभन्दा भिन्न सुझावसमेत दिइरहेका छन् ।

छलफल संघीयता, नागरिकता, मौलिक अधिकार, प्रतिनिधित्व प्रणाली र प्रस्तावनामा केन्द्रित छ । जनताको राय संकलन गर्न राजपत्रमा प्रकाशन गर्नुअघि यो छलफल भइरहेको हो । यतिखेर सभासदहरूले निर्धा्रित ३ मिनेटमित्र बोलेर राख्न नभ्याएका बुँदाहरू सभाध्यक्षलाई लिखितै बुझाइरहेका छन् ।

जनमतलाई समेत समेटी संविधान विधेयक बनेपछि सभासदहरूले संशोधन प्रस्ताव राख्न र दफावार छलफल गर्न पाउँछन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आठ प्रदेशको संघीय संरचना मुलुकले धान्न नसक्ने बताउँदै सीमासहितको ६ प्रदेशमा जान सकिने विकल्प प्रस्तुत गरेका छन् ।

सीमांकन र नामांकनबिनाका प्रस्तावित आठ प्रदेशले संघीयता नै टार्ने आशंकासहित मधेस केन्द्रित चार साना दलले संविधानसभा नै बहिष्कार गरिरहँदा पौडेलको यस्तो प्रस्ताव आएको हो । ‘जातरजातका राज्य बनाउने कुरा छोडौ ’ पौडेलले भने, ‘अहिले पनि ६ प्रदेशमा गएर सीमांकन गर्न सकिन्छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: