कंगोमा १४ प्रतिशत सुरक्षाकर्मी कटौती

04काठमाण्डौ । राष्ट्रसंघले कंगोमा शान्ति स्थापनार्थ तैनाथ १४ प्रतिशत सुरक्षाकर्मी कटौती गरेको छ । जनशक्ति कटौतीको मुख्य कारण आर्थिक समस्या रहेको बताइएको छ ।

मनुस्को मिसनअन्तर्गत कंगोमा ५८ मुलुकबाट पल्टन, स्टाफ अधिकृत र अब्जर्भरका रूपमा १८ हजार ४०७ सेना–प्रहरी कार्यरत रहेकोमा आगामी असार ३० गतेदेखि लागू हुने गरी २ हजार ४४० जनशक्ति कटौती गरेको हो ।

योसंख्या कटौतीसँगै राष्ट्रसंघको ४ करोड डलरभन्दा बढी बचत हुन्छ । ३० नोभेम्बर १९९९ देखि राष्ट्रसंघले कंगोमा राष्ट्रसंघीय सेना–प्रहरी तैनाथ गराउँदै आएको छ । कंगोमा सुरक्षा जनशक्ति कटौती हुनेमा भारत, पाकिस्तान, बंगलादेश, जोर्डन, मोरक्कोलगायत मुलुकका धेरै छन् ।

नेपाली शान्ति सैनिकको जनशक्ति भने यथावत राखिएको त्यहाँ कार्यरत राष्ट्रसंघका एक अधिकारीले जानकारी दिए । ती अधिकारीकाअनुसार जनशक्ति कटौती हुनेमा पाकिस्तान र भारतका १–१ वटा पल्टनबाट १५००, बंगलादेशबाट ८५०, जोर्डनका ९० लगायत छन् ।

मनुस्को मिसनअन्तर्गत कंगोमा भारतबाट ४ हजार ३४, पाकिस्तानका ३ हजार ७५५, २ हजार ९५०, जोर्डनबाट २५७ जनशक्ति कार्यरत छन् । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: