चलचित्र पशुपति प्रसादमा बर्षा

barsaभिनेत्री बर्षा सिवाकोटी चलचित्र पशुपति प्रसादमा काम गर्ने पक्का भएको छ । चलचित्रका लागि उनी लिडिङ लेडीको रुपमा पक्का भएकी हुन् । दिपेन्द्र के खनालले निर्देशन गर्न लागेको यो फिल्ममा खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् ।

खगेन्द्रकै कथा रहेको फिल्मले पशुपति प्रसाद नाम गरेका एक पात्रको बिषयलाई देखाउन लागेको हो । फिल्मको छायांकन अब सुरु हुने भएको छ । निर्माता माधव वाग्लेले बर्षालाई रोजेका हुन् । फिल्ममा अभिनेत्रीलाई सस्पेन्स भूमिकामा देखाइनेछ ।

जसका कारण पनि बर्षाको जस्तो फेस अरु अभिनेत्रीमा नभएकाले सिफारिश गरिएको वाग्लेले बताएका छन् । वाग्ले पुराना नाम चलेका अभिनेत्रीबाट पनि खासै सन्तुष्ट छैनन् । फिल्मको काममा पुराना अभिनेत्रीले धेरै दुख दिने कारणले पनि उनले बर्षा रोजेको श्रोतले बताएको छ ।

फिल्म नाई नभन्नु ल २ मा बर्षाले काम गरेपनि उनले यसपछि फिल्म पाएकी थिइनन् । उनले जीवन लुइटेलसँग मिलेर काम गर्ने भनेको रामलिला फिल्म पनि बन्न सकेन ।

प्रतिक्रिया दिनुहोस्: