यस्तो छ बाबुराम भट्टराईको नयाँ पार्टी र नयाँ शक्तिको अवधारणा

baburamएमाओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टराईले नयाँ शक्तिको अवधारणा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आईतबार बुझाएका छन् । भट्टराईको प्रस्तावमा नयाँ पार्टीको समेत परिकल्पना गरिएको छ । पछिल्लो समय एमाओवादी भित्रको विवाद सतहमा आउनु र भट्टराईको नयाँ प्रस्ताव एकै साथ आउनुले थुप्रै आशंकाहरु पैदा गरेको छ । प्रस्तुत छ भट्टराईको नयाँ शक्ति बारेको अवधारणा

नयाँ परिस्थिति, नयाँ विचार, नयाँ कार्य्दिशा, नयाँ शक्ति

‘माक्र्सवादको पनि जन्म, विकास र मृत्यु हुन्छ ।‘ माक्र्सवादको मृत्युको अर्थ यो हुन्छ कि माक्र्सवादभन्दा उच्च कुनै चिजले त्यसको प्रतिस्थापन गर्नेछ ।’
– माओ त्से–तुङ –साकताको लेखबारे प्रवचन, १९६४)
‘सबै सामाजिक परिवर्तनहरू र राजनीतिक क्रान्तिहरूको अन्तिम कारण मानिसहरूको दिमागमा वा सार्वकालिक सत्य र न्यायको श्रेष्ठतर अन्तरदृष्टिमा खोज्ने होइन, परन्तु उत्पादन र वितरणको प्रणालीमा आएको परिवर्तनमा खोज्नुपर्दछ ।
– फेडेरिक एंगेल्स (‘ड्युरिङ मतखण्डन’, १८७६)

(क) नयाँ परिस्थितिस्अन्तर्रा्ष्ट्रिय

– विश्वस्तरमा स् वित्तीय पुँजीको तीव्र भूमण्डलीकरण, विज्ञानरप्रविधिको अभूतपूर्व विस्तार, राष्ट्रिय–राज्यहरूको ह्रासोन्मुखशक्ति र ‘बहुराज्यहरूको भूमण्डलीय प्रणाली’, अन्तर–राज्यीय र आन्तरिक राज्यीय असमान र विषम विकासको तीव्रता, ‘अन्त्यहीन युद्ध’ र ‘अति–प्रभुत्व’को सैन्य रणनीति, तत्काल विश्वयुद्धको न्यून सम्भावना, मानव र प्रकृतिबीचको असन्तुलित सम्बन्ध र पर्यावरणीय समस्या ।
– क्षेत्रीय स्तरमा स् चीन र भारत उदीयमान विश्वशक्ति, दुवैबीच सहकार्य र प्रतिस्पर्धाको रणनीति, चीन र अमेरिका दुवैको भारतलाई तान्ने वा न्युट्रल राख्ने प्रयत्न, नेपालले बदलिँदो भूराजनीतिको फाइदा लिन सक्ने सम्भावना वा सो नसक्दा गम्भीर संकटमा फस्ने खतरा ।
– आत्मगत रूपमा स् पूर्व समाजवादी सत्ताको पतनपछि विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा, पछिल्लो ४० वर्षमा कुनै पनि कम्युनिस्ट क्रान्तिकारी आन्दोलन पूर्ण रूपले सफल हुननसकेको अवस्था, धार्मिकरजातिवादी आन्दोलनको बढ्दो प्रवृत्ति, चीन, भियतनाम, ल्याटिन अमेरिकी देशमा विभिन्न राजनीतिक प्रयोगहरू ।
राष्ट्रिय
– २००७ आसपासदेखिको पुँजीवादी क्रान्तिको चरण मूल रूपमा सम्पन्न, वर्गीयरजातीयरक्षेत्रीयरलैंगिक विभेद र उत्पीडन कायम ।
– उत्पादक शक्ति र उत्पादनको अत्यन्त न्यून विकास, निरपेक्ष गरिबी र बेरोजगारीको प्रचुरता, श्रम पलायनरनिर्यात, बढ्दो आर्थिक परनिर्भरता, पर्यावरणीय संकट, गाउँ र सहरबीच असन्तुलन ।
– क्रान्तिकारी वामपन्थी र प्रगतिशील शक्तिबीच टुटफुट र विघटन, सापेक्ष रूपमा बलियो वामपन्थी जनआधार, आम रूपमा बढ्दो वैचारिक संकट र राजनीतिक वितृष्णा ।
तत्कालीन
– विनाशकारी महाभूकम्पपछि राष्ट्रिय पुनर्निर्माण र नवनिर्माण तत्काल मुख्य कार्यभार ।
– संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण मुख्य राजनीतिक कार्यभार ।

(ख) नयाँ विचार

– प्रत्येक नयाँ युग र क्रान्तिको नयाँ चरणले ज्ञानरविज्ञानरविचारको नयाँ चरणमा विकासको माग ।
– द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आधारभूत नियमहरू र भौतिकरजीव विज्ञानका पछिल्ला अनुसन्धानका आधारमा र विगतका क्रान्तिरप्रतिक्रान्तिका अनुभवहरूको आधारमा माक्र्सवादलाई नयाँ चरणमा विकास गर्नुपर्ने आवश्यकता, प्रत्येक युग र चरणसँगै नयाँ ‘वाद’र‘विचार’को नामकरण गर्ने प्रवृत्तिको पुनरावलोकन ।
– समाजवादीरकम्युनिष्ट आन्दोलनमा गतिरोधको वस्तुनिष्ठ चिरफारस माक्र्सवादका
– विभिन्न वैचारिकरराजनीतिक धार र प्रयोगहरूको गम्भीर अध्ययनरअनुसन्धान, माक्र्सवादइतर विचारका सकारात्मक पक्षहरू ग्रहण ।
– विगतका समाजवादी सत्ताहरूको पतनरअसफलताको चिरफार स् उत्पादन सम्बन्ध र उत्पादक शक्तिबीचको असन्तुलन, सामाजिकता र व्यक्तिको निजत्वरमनोभावबीचको सम्बन्ध, पार्टी र सत्तामा जनवाद र केन्द्रीयताको अन्तरसम्बन्ध, नेतृत्व प्रणालीको विकास आदिको विशेष अध्ययनरअनुसन्धान ।
– मात्रात्मक र गुणात्मक परिवर्तन, सुधार र क्रान्ति, शान्ति र हिंसाको अन्तरसम्बन्धबारे थप अध्ययनरअनुसन्धान ।
– चेतना, संस्कृति, नैतिकता, आचरणबारे थप अध्ययन र विकास ।

(ग) नयाँ कार्य्दिशा

– ‘विश्वव्यापी रूपमा सोच, स्थानीय रूपमा कार्य गर’ सिद्धान्तलाई आत्मसात् गर्ने ।
– नेपालमा अहिलेसम्मका पुँजीवादी क्रान्तिको मुख्य स्वामित्व ग्रहण गर्दै समाजवादी क्रान्तिको आर्थिक–सामाजिक आधार निर्माण गर्ने र क्रान्तिको रणनीति र कार्यनीतिको शृंखला विकास गर्ने ।
– नेपालमा उत्पादन र उत्पादक शक्तिको अत्यन्त न्यूनस्तर रहेको स्विकार्दै केही समय राष्ट्रिय औद्योगिक पुँजीको विकासमा जोड दिने र त्यसलाई समाजवादी दिशा दिन ध्यान दिने ।
– ‘तल’ र ‘माथि’को संघर्षरहस्तक्षेपरपहलको उचित तालमेल मिलाउँदै सडक, सदन र सरकारको मोर्चामा सक्रिय सहभागिता कायम गर्ने ।
– वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र अन्य वर्गेत्तर प्रश्नहरूलाई एकीकृत ढंगले सम्बोधन गर्ने ।
– राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय पुँजी तथा पुँजी र श्रमको भूमिकाबीच उचित सन्तुलन मिलाउन ध्यान दिने ।
– निजी, सामूहिकरसहकारी र राज्य क्षेत्रको भूमिकाको सन्तुलन मिलाउने ।
– पुँजीवादी लोकतन्त्रलाई सहभागितामूलक र समावेशीरसमानुपातिक लोकतन्त्रमार्फत विस्तार गर्दै समाजवादी लोकतन्त्रको आधार तयार गर्ने ।

(घ) नयाँ शक्तिरसंगठनरपार्टी

– नयाँ राजनीतिक कार्य्दिशाअनुरूप नयाँ संगठित शक्तिरपार्टीको निर्माण गर्ने ।
– विगतमा मुख्यतस् तत्कालीन कार्यनीतिक विवादले कम्युनिस्ट पार्टीमा विभाजन आएको र आज देशमा विभिन्न कम्युनिस्टरवामपन्थी पार्टीरसमूह अस्तित्वमा रहेको धरातलीय यथार्थ स्वीकार गर्दै आजको नयाँ परिस्थितिमा अधिकांश समूहहरूबीच तत्कालीन कार्यनीति र आचरण विषयमा बढ्दो निकटता रहेकाले समाजवादी क्रान्तिको नयाँ राजनीतिक कार्य्दिशाको आधारमा सबै कम्युनिस्टरवामपन्थी पार्टीरसमूहबीचमा संगठनात्मक एकताको निम्ति पहल गर्ने ।
– सुरुमा कार्यगत एकतारसंयुक्त मोर्चा कायम गर्दै अन्ततस् एकीकृत पार्टी निर्माणमा जोड दिने ।
– बहस, छलफलका क्रममा पूरै पार्टीरसमूहबीच एकता हुन नसके विचाररप्रवृत्ति मिल्ने समूहरव्यक्तिबीचमा एकता कायम गर्दै नयाँ शक्ति निर्माण गर्न प्रयत्न गर्ने ।
– पार्टीरसमूहबाहेकका असंगठित व्यक्तिलाई पनि एकताबद्ध गर्ने प्रयत्न गर्ने ।
– नयाँ शक्तिरपार्टीको विकासमा तत्कालीन ‘माओवादी’द्वारा अघि सारिएको ‘२१औँ शताब्दीमा जनवादको विकास’सम्बन्धी प्रस्थापना र अन्य पक्षहरूले अघि सारेका तत्सम्बन्धी नयाँ संगठनात्मक अवधारणालाई विशेष ध्यान दिने ।
– नयाँ संगठनात्मक सिद्धान्तको विकासमा अग्रदस्ता र मास पार्टी, पेसेवर र स्वयंसेवी कार्यकर्ता, समाजवादी प्रतिस्पर्धामा आधारित नेतृत्व चयन प्रणाली, नेतृत्वको चक्रीय प्रणाली वा निश्चित अवधि, समावेशितारसमानुपातिकता, वृद्धरप्रौढरयुवाको थ्री–इन–वान संलग्नता आदिलाई विशेष ध्यान दिने ।
– कार्यशैली, आचरण, परिवार र निजी सम्पत्ति, आर्थिक व्यवस्थापन आदिबारे उन्नत, पारदर्शी प्रणाली विकास गर्ने ।

(ङ) तत्कालीन कार्यभाररकार्य्विभाजन

– भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणरनवनिर्माण निम्ति सक्रिय भूमिका निर्वाह गर्ने, स्वयंसेवारजनसेवा अभियान सञ्चालन गर्ने ।
– देशव्यापी संगठनात्मक सञ्जाल निर्माण गर्नेरव्यवस्थित गर्ने ।
– प्रशिक्षण, सार्वजनिक गोष्ठीरबहस आयोजना गर्ने ।
– प्रचारप्रसारलाई प्रभावकारीरव्यवस्थित बनाउने ।
– ‘एक कमिटीरसमूह, एक उत्पादन’ नीति लागू गर्ने र सबै नेतारकार्यकर्ता आत्मनिर्भर बन्ने प्रयत्न गर्ने ।
– माथिल्लो कमिटीरनेतृत्वको मुख नताकी सबै स्वचालित ढंगले क्रियाशील बन्ने कार्यशैली विकास गर्ने ।
– निकट भविष्यमा हुन सक्ने स्थानीय निर्वाचनको प्रारम्भिक तयारी गर्ने ।
– तत्काल विभिन्न तहमा आवश्यक कार्य्विभाजन गर्ने ।

प्रतिक्रिया दिनुहोस्: