राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्दै

rpp nepalकाठमाण्डौ । राप्रापा नेपालले सनातन हिन्दु राष्ट्र कायम राख्न माग गर्दै आज विरोध प्रदर्शन गर्ने बताएको छ । दिउँसो १२ बजे पछि बबरमहलबाट जुलुस सहित संबिधानसभा भवन नयाँ बानेश्वर पुगेर नाराबाजी तथा घेराउ गरिने पार्टी स्रोतले बताएको छ ।

संबिधानको मस्यौदाबाट धर्म्निरपेक्षता र गणतन्त्र हटाउनु पर्ने तथा संघीयता खारेज हुनु पर्ने राप्रपा नेपालको माग छ । राप्रपा नेपालले यी राष्ट्रियतासँग जोडिएका विषय भएकाले जनमतसंग्रह गर्नु पर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: