एकवर्षमा स्थानीय निर्वाचन गर्ने सरकारी घोषणा

nirwachanकाठमाण्डौ । सरकारले स्थानीय निकायको चुनाव नयाँ आर्थिक वर्ष्भित्र गरिसक्ने घोषणा गरेको छ । राष्ट्रपति डा. रामवरण यादवले बुधबार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७२ र ०७३ का लागि सरकारको नीति तथा कार्यक्रममा यसै आर्थिक वर्ष्भित्र स्थानीय निकायको चुनाव गर्ने उल्लेख गरिएको छ ।

यसअघि संविधानको मस्यौदामै ६ महिनाभित्र स्थानीय चुनाव गर्ने लेखएकिो थियो । तर, विपक्षीले विरोध जनाएपछि त्यसलाई सच्याइएको थियो । तर, सरकारले नीति तथा कार्यक्रममा स्थानीय चुनाव एक वर्ष्भित्रै गर्ने घोषणा गरेको हो ।

यसैवीच सरकारले ल्याएको नीति तथा कार्यक्रममा शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजविन सम्बन्धी आयोगलाई सहयोग र्पुयाइने बताइएको छ । सरकारको नीति तथा कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माणमा जोड दिइने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्: