चेपाङ्गको भीरबाट लडेर मृत्यु

chitawanचितवन । २१ बर्षीय सन्देश चेपाङ्गको भीरबाट लडेर मृत्यु भएको छ । साथीहरुसंग मिलेर ज्यामी काम गर्न मनाङ्ग गएका उनको चार दिनअघि मनाङ्गको धारापानीमा काम गर्ने क्रममा लडेर ज्यान गएको मनाङ्गबाट सूर्यबहादुर चेपाङ्गले जानकारी दिए ।

६ महिनाअघि विवाह गरेका चेपाङ्गले बिबाहमा लागेको ऋण र बैशाख १२ को भुकम्पमा परी सखाप भएको घर पुननिर्माण गर्ने उद्देश्यका साथ गाउँका साथीहरुको साथमा २ महिनाअघि मनाङ्ग गएका थिए ।

उनको शवको मंगलबार पोष्टमार्टम भएको जिल्ला प्रहरी कार्यालय मनाङ्गले जानकारी दिएको छ । गत बैशाख १२ गते गएको भुकम्पले चितवन जिल्लाको अत्यन्त क्षति भएको गाबिसमध्ये लोथर पनि एक हो भने वडा नं.४ को उक्त गाउँका अधिकांश घरहरु क्षतिगस्त भएका छन् ।

उक्त गाउँका अधिकांश युवाहरु ज्यामी काम खोज्दै मनाङ्ग लगायत विभिन्न जिल्ला गएका छन् ।

प्रतिक्रिया दिनुहोस्: