यात्रा अनुमतिपत्र प्रतिस्पर्धामा आवेदन परेन

malaysiaकाठमाण्डौ । अवैधानिक नेपाली कामदारलाई स्वदेश फिर्ता गर्न नेपाली दूतावास मलेसियाले खोलेको बोलपत्र आह्वानमा मंगलबारसम्म कुनै पनि संस्था र फर्मले दर्ता गरेको छैन् ।

दूतावासले मंगलबारसम्मको समयसीमा तोकेर हाल नेपाल पठाइरहेको कोपरासी बार्हाडभन्दा सस्तो दरमा अवैधानिक नेपालीलाई घर फर्काउन सक्ने संस्थाले दर्खास्त हाल्न आह्वान गरेर १५ दिने सूचना जारी गरेको छ ।

कोपरासीले यसअघि प्रतिव्यक्ति १२ सय ८० रिंगेट लिएरु कामदारलाई फिर्ता गराएको थियो।मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाको अध्यागमनसँग प्रतिव्यत्तिः १२ सय ८० रिंगेटभन्दा कम दरमा नेपाल पठाउन सबै सरोकारवालसँग आह्वन गरेको थियो ।

मलेसियामा अझै एक हजारभन्दा बढी नेपाली अवैधानिक रुपमा काम गरिरहेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: