रातो कार्पेटमा स्वागत विवादास्पद विदाई

3काठमाण्डौ । इतिहासमै पहिलोपटक रातो कार्पेट बिछ्याएर सेनाको सलामीसहित अदालत प्रवेश गरेका प्रधानन्यायाधीश रामकुमार प्रसाद साहको कार्यकाल विवादमुक्त भएन ।

करिअर जजका रूपमा सर्वोच्चको प्रधानन्यायाधीश बनेका साहको मंगलबार भएको बिदाइ स्वागतजस्तो भव्य बन्न सकेन। संसदीय सुनुवाइमा सभासद्ले उठाएका प्रश्नको जवाफ दिँदै १४ असोजमा साहले भनेका थिए, ‘अदालतमा भएको भ्रष्टाचार सरकारका अन्य निकायमा भन्दा निकै कम मात्र छ, म यो विषय दाबीका साथ भन्छु, यो भनाइ खण्डन गर्ने चुनौती पनि दिन्छु।

म भ्रष्टाचार निर्मूल पार्छु भन्दिनँ, तर न्यूनीकरणका लागि प्रयास गर्छु ।’ प्रधानन्यायाधीशमा आसीन भएपछि साहले दैनिक पेसी व्यवस्थापनदेखि प्रशासनमा चुस्तता ल्याउने केही प्रयास सुरु गरे पनि कालान्तरमा उनका भनाइ एजेन्डामै सीमित बनेकोे छ ।

११ बजे पेसी तोकिने र त्यसपछि इजलास बन्ने प्रचलन केही समय अन्त्य भयो। १० बजे नै पेसी तय भई शीघ्र इजलास केही समय सुरु भयो, तर लामो समय यो अभ्यास टिक्न सकेन।

अनियमितता गरेको भन्दै न्यायाधीशलाई छानबिन गर्ने सकारात्मक प्रयास थालनी भए, तर निरन्तरता पाएनन् । उनको पहिलो निर्णय नै विवादमुक्त भएन। सकारात्मक कार्य थालनी गरेका साह एकपछि अर्को विवादमा तानिए।

संसदीय समितिमा गरेका वाचा पनि क्रमशस् एकपछि अर्को छायामा पर्दै गए। हक्की र आफ्नो विचारमा स्पष्ट न्यायाधीशको छवि बनाएका साहले आफ्नो कार्यकालमा त्यो छवि जोगाउन सकेनन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: