झापाको डेङ्गु रोगविरुद्धको अभियान

01बिर्तामोड । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले डेङ्गु रोगविरुद्धको अभियान सशक्त पारेको छ । कार्यालयले डेङ्गु रोग सार्ने सानो लामखुट्टे लार्भा खोजेर नष्ट गर्ने अभियान तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै अभियान सशक्त पारेको हो ।

अभियानअन्तर्गत झापाको दमक र सुरुङ्गामा कार्यक्रम सम्पन्न भइसकेको र आज विर्तामोडमा पनि यो अभियान सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेले जानकारी दिए ।

अभियानअन्तर्गत ग्यारेजमा राखिएका गाडीका टायरमा जमेको पानीसँगै डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गरिएको थियो । सो अभियानमा अनारमनी स्वास्थ्यकेन्द्रका प्रमुखसहित महिला स्वास्थ्य स्वयम्सेविका, प्रहरी, नगरपालिका, व्यवसायी, सङ्घसंस्था र सञ्चारकर्मी गरी २० जनाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्: