म्यानपावर व्यवसायीद्धारा पासपोर्ट नबुझाउन र अन्तरवार्ता नदिन अपिल

Baidesik-Rojgar-Bibhag2बिर्तामोड । झापाका वैदेशिक रोजगार ब्यवसायीहरुले विदेश जान अनिश्चित कालका लागि रोक लगाइएको जनाउदै भारत तथा कुनै पनि दलाललाई पासपोर्ट नबुझाउन र अन्तरवार्ता नदिन सबै नागरिकलाई अपील गरेका छन् ।
वैदेशिक रोजगार ब्यवसायी संघ झापाले पनि सरकारी निर्णयको विरोधमा झापाका सम्पूर्ण म्यानपावर बन्द गरेर युवाहरुलाई दलालदेखि सर्तक भएर भारतको बाटो हुँदै बिदेश नजान समेत अनुरोध गर्दै चासो ब्यक्त गरेका हुन् ।

 म्यानपावर ब्यावसायी संघ झापाले श्रम मन्त्री टेकबहादुर गुरुङले गरेका निर्णय नसच्चियाए दोस्रो चरणको ससक्त्त आन्दोलनमा जाने बताएका छन् ।

बिहिवार र्तिामोडमा आयोजित  पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष धनबहादुर पन्दाकले मन्त्रीले बंङलादेश संग मिलेर मोटो रकम खाए पछी फ्रि–भिसा फ्री टिकटको नाममा कामदार रोक्ने चलखेल भएको बताए ।

म्यानपावर ब्यावसायी संघले गठन गरेको संघर्ष समितिले आज बिर्तामोडमा श्रम मन्त्री टेकबहादुर गुरुङको पुत्ला दहन गर्ने भएको छ । बिहिवार नै संघले लिल्ला प्रसासन कार्यालय झापामा ज्ञापन पत्र समेत बुझाई सकेको छ ।

शून्य लागतमा वैदेशिक रोजगारमा पठाउने सरकारी निर्णयको विरोधमा देशभरमा सञ्चालित म्यानपावरका शाखा तथा सम्पर्क कार्यालयहरु नै बन्द गरी आन्दोलनमा उत्रिएका ब्यवसायीले विभिन्न माध्यमबाट विदेश जान प्रलोभनमा नपर्न विहीबार सार्वजनिक अपील गरेका छन् ।

झापाका म्यानपावर ब्यवसायीहरुको बिहान ११ बजे बिर्तामोडबाट निकालिएको नारासहितको र्याली बिर्तामोडको मुक्तिचोक हुँदै सदरमुकाम चन्द्रगढी सिडीयो कार्यालयमा ज्ञापनपत्र बुझाएका छ ।

उनीहरुले बुधबार सघर्ष समिति बनाएर बिरोध जनाएका थिए । झापाका सम्पूर्ण म्यानवावर बुधबारदेखि नै ठप्प छन् ।
यता ब्यवसायीहरुको तर्फबाट नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले सूचना जारी गर्दै भनेको छ ‘वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई अर्को सूचना नभएसम्म वैदेशिक रोजगारीको निम्ति विभिन्न क्षेत्रमा रहेका शाखा तथा सम्पर्क कार्यालय र गलत ब्यक्तिको भरोसामा राहदानी दिने, अन्तरवार्ता दिने, मित्रराष्ट्र हुँदै विदेश जाने र पठाउने प्रलोभनमा नपर्न अनुरोध गरिन्छ ।’

सरकारले मलेसिया, कतार, बहराइन, साउदी अरब, यूएई, ओमन र कुबेतमा असार २१ गतेदेखि फ्री भिसा र फ्री टिकटमा मात्रै कामदार लैजाने निर्णय गरेपछि ब्यवसायीहरु काम ठप्प पारी आन्दोलनमा उत्रिएका छन् ।

संघको अगुवाइमा ब्यवसायीहरुले विहीबार पनि ताहाचलस्थित श्रम कार्यालय घेराउको कार्यक्रम तय गरेको संघका महासचिव रोहन गुरुङले बताए । सरकारले गरेको फ्री भिसा र टिकटको निर्णय फिर्ता गर्न माग गर्दै म्यानपावर व्यवसायीले बुधबार पनि श्रम कार्यालय घेराउ गरेका थिए ।

सरकारले रोजगारदाता मुलुक तथा कम्पनीसँग श्रम सम्झौता नै नगराई राज्यमन्त्री स्तरीय बैठकबाट फ्री भिसा र फ्री टिकटबाट मात्रै कामदार पठाउन भनी गरेको निर्णयले रोजगारदाता मुलुकले नेपाललाई स्रोत मुलुकबाटै हटाउने निर्णय गर्न लागेको संघको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्: