राप्रपा नेपालले साउन दोस्रो साता संविधानसभा घेराउ गर्ने

rppकाठमाण्डौ । सानातन हिन्दु राष्ट्र घोषणाको माग गर्दै राप्रपा नेपालले साउन दोस्रो साता संविधानसभा घेराउ गर्ने भएको छ । राप्रपा नेपालको पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकले मस्यौदामाथि दफाबार छलफलका क्रममा आन्दोलन चर्काउने निर्णय गरेको हो ।

‘राय सुझाव गरेर फर्किएपछि दफाबार छलफलका क्रममा हामी देशभरका कार्यकर्ता ल्याएर संविधानसभा घेराउ गर्छौं’ प्रवक्ता मोहन श्रेष्ठले भने । राप्रपा नेपालले हिन्दु राज्य माग गर्दै संकलन गरिएको हस्ताक्षर संविधानको मस्यौदा लिएर जिल्ला जान सभासदहरुको टोलीलाई बुझाइने राप्रपा नेपालले जनाएको छ ।

साथै काठमाडौंको तीन जिल्ला काठमाडौंको २०२, भक्तपुरको ९२ र ललितपुरका ७८ वडा र २३ गाविसमा घरदैलो र कोणसभा गरिने उसले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: