सिरियामा बन्धक चेलीलाई छाड्न सात लाखको सर्त

काठमाण्डौ । हाम्रो पहिलाको घर नवलपरासी हो । हाल रूपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरमा भाडाको घरमा बस्छौँ । घरमा अहिले बुबा, आमा र दाजु हुनुहुन्छ । दाजु मजदुरी गर्नुहुन्छ ।

बुबा–आमा किसानी गर्नुहुन्छ । तर, आफ्नै जग्गा छैन । अधियाँमा डेढ बिघाजति जग्गामा खेती–किसानी गर्दै गुजारा चलाउँदै आएका छौँ । हामी पाँच दिदीबहिनी हौँ । दिदीहरू तीनजनाको विवाह भइसकेको छ ।

घरको आर्थिक अवस्था बलियो नभएकाले हामी दुईले बुटवलमा पसल राखेका थियौँ । पसल खोल्दा दिदीहरूले लगानीमा सहयोग गर्नुभएको हो । पसलमा डेढ लाख रुपैयाँ लगानी छ । त्यहीबीचमा दलाल (पर्वतका शोभाकान्त भट्टराई)ले दिदीलाई विभिन्न आश्वासन दिएर विदेशमा गएर धेरै पैसा कमाउने कुरा ल्यायो ।

यस क्रममा पासपोर्ट बनाउने, काठमाडौं जाने–आउने भयो । काठमाडौं जाँदा, पासपोर्ट बनाउँदा तथा अन्य दौडधुप र हवाई टिकटसमेत गरी दिदीको ६० हजार रुपैयाँजति खर्च लागेको छ । दिदी दुबई पुगेपछि नै समस्यामा परेको बुझिएको थियो ।

दिदीले दुबई पुगेपछि एक महिना कामका लागि सिरिया जाने र पुनस् दुबई फर्किने भन्दै दलालले सिरिया र्पुयाएको बताउनुभएको थियो । सिरिया पुगेपछि दिदीका दुस्खका दिन सुरु भए । मैले थाहा पाएपछि दलाललाई फोन गरेर दिदीलाई दुबई फर्काउन भनेकी थिएँ ।

एक महिनापछि आउँछिन् भन्दै र्टायो । तर, पछि–पछि फोन नै उठाउन छाड्यो । उता सिरियामा दिदीलाई मोबाइलमा सिम राख्न नै दिएनछन् । दिदीले आफ्नो मोबाइलमा वाइफाई प्रयोग गरेपछि मसँग कुरा हुन थाल्यो ।

दिदीले त्यहाँको समस्या बताएपछि उद्धार गर्न पुसदेखि नै विभिन्न ठाउँमा धाउने गरेकी हुँ । तर, न्याय पाउन निकै कठिन भएको छ । दिदीले निकै दुस्ख पाउनुभएको छ, दिदीलाई पठाउने दलाल त्यही (शोभाकान्त) हो, पक्राउ गरेर कारबाही गर्नुहोस् र दिदीलाई उद्धार गर्नुहोस् न भन्दा प्रहरीले सुन्दै सुनेन । इलाका प्रहरी कार्यालय बुटवलमा दुई–तीनजना साथी लिएर गएकी थिएँ ।

हाकिमलाई त भेट्नै सकिनँ । अरूले पनि अनेक दुस्ख दिए । कतिवेला कुन कोठामा जानुहोस् भन्छन्, कतिवेला कुन कोठामा । यता–उता गराउने काम मात्र भयो । पछि त प्रहरीले यहाँबाट हुँदैन बसपार्कमा वैदेशिक रोजगारमा गएकालाई हेर्ने संस्था छ, त्यहाँ जानुहोस् भने ।

त्यहाँ जाँदा प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँग balatkirtaकुरा राख्न भने । त्यसपछि सिडिओलाई भेटेर समस्या राखेमा दिदीको चाँडै उद्धार होला भनेर भैरहवास्थित प्रशासन कार्यालयमा गएँ । त्यहाँ जाँदा ठूला मान्छे (सिडिओ) रहेनछन्, सानो मान्छेले यहाँबाट हँुदैन, काठमाडौं जानुस् भने ।

यता–उता गर्दागर्दा खर्च धेरै भयो । काठमाडौंमा पनि गइनँ । पछि सामाजिक सञ्जालमार्फत समस्या राखेपछि न्याय पाइन्छ कि भनेर सबैतिरबाट सुझाब आयो । यो कुरा दिदीलाई भनेँ । यस काममा मनोज श्रेष्ठले सहयोग गर्नुभएको छ ।

सामाजिक सञ्जालमा दिदीले समस्या राखेर नेपाल फर्कन पाउँ भनेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चासो दिएको थाहा पाएकी छु । उहाँहरू सक्रिय भएकाले अब दिदीलाई उद्धार गर्न सकिन्छ कि भन्ने आशा पलाएको छ ।

तर, फेरि समस्या पैसामा गएर रोकिएको छ । दिदीकी मालिक्नीले एक साताभित्रमा सात लाख रुपैयाँ दिएर लैजाओ भनेकी छ रे । अब त्यो रकम कसरी जुटाउने भन्ने समस्या छ । हुन त पछिल्ला दिनमा आशा एच फोर फाउन्डेसन र संघीय युवा समाजले सहयोगका लागि पहल गरेका छन् ।

उहाँहरूले रकम जुटाएर दिदीलाई फिर्ता ल्याउन पहल गर्नुभएको छ । यता कानुनी बाटोबाट पनि उद्धारको पहल भइरहेको छ । कानुनी बाटो कुर्ने हो भने दिदीलाई नेपाल ल्याउन ढिला हुन्छ । अहिले दिदीलाई एक साताभित्र छुटाएर ल्याउनु छ । न्याय पाउनु छ । यसैका लागि प्रयास गरिरहेका छौँ ।

सबै क्षेत्रबाट सहयोग भएमा न्याय पाउन सकिने आशा छ । दिदीले उता धेरै दुस्ख पाए पनि घरमा बाबाआमालाई सबै कुरा थाहा छैन । बाबाआमालाई सबै कुरा बताउँदा थप पीडा हुन्छ भनेर बताएका छैनौँ ।

सुरु–सुरुमा राम्रै छ भनेका थियौँ । तर, अहिले हल्ला भएपछि छरछिमेकीले सोध्न थालेकाले अलि–अलि समस्या भएको छ मात्र भनेका छौँ । आजको नयाँ पत्रिकामा समाचार छ

प्रतिक्रिया दिनुहोस्: