अख्तियारप्रति लेखा समितिको असन्तुष्टि

akhtiyarकाठमाण्डौ । भ्रष्टाचारबारे थप छानबिन गरी अभियोग प्रक्रिया अघि बढाउन दिइएका निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नसुनेको भन्दै व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले आयोगका पदाधिकारीहरूको ’नियत’मा शंका व्यक्त गरेको छ ।

समितिमा रहेका केही सभासदले अख्तियारका पदाधिकारीको मनोमानी बढेको भन्दै संसद्मा महाभियोगै लगाउनुपर्ने सम्मको सुझाव बैठकमा दिएका छन् । आर्थिक अनियमितता भएको प्रारम्भिक निष्कर्ष निकाल्दै थप छानबिन गर्न दिइएका निर्देशन लत्याइएपछि आयोगप्रति लेखा गम्भीर भएको हो ।

लेखाले दिएको सुझावविपरीत कतिपय प्रकरणमा त अख्तियारले भ्रष्टाचार गरेको नदेखिएको जिकिरसहित अनुसन्धान नै अघि नबढ्ने गरी तामेलीमा राखेको छ । ’ठूला मुद्दामा हामीले दिएका निर्देशन अख्तियारले पालना गरेको छैन ।

अख्तियारले पाएको अधिकार स्वयंले दुरुपयोग गरिरहेको छ,’ लेखाका सदस्य एवं कांग्रेस सभासद धनराज गुरुङले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: