कर छल्ने वहानामा सचिवलाई धम्की

kaskiपोखरा । पोखराको नयाँ वजारमा रहेको सगरमाथा उच्चमाविका प्रिन्सीपल धनवहादुर थापाले कर छल्ने वहाना वनाउँदै वडा नं ९ का सचिव लोकदर्शन कोईरालालाई धम्की दिएका छन् ।

विहीवार दिउसो केही साथी लिएर कार्यालयमा पुगेका थापाले कर नतिरीकन सिफारिस पत्र दिन वडा सचिवलाई दवाव दिएपछि वडा सचिव कोईरालाले कानूनी प्रक्रिया अनुसार नमिल्ने वताएका थिए ।

वडा सचिवले प्रक्रियाका कुरा गरेपछि थापाले वडा सचिव माथि गाली गलौज सहित अपशव्द प्रहार गरेको वडा सचिव कोईरालाले वताएका छन् । पोखराको महेन्द्र पुलका जग्गा धनी लक्ष्मण कायस्थ, वसन्त कायस्थ, केदार कायस्थ र राम कायस्थको जग्गा भाडामा लिएर उनले सगरमाथा उच्चमावि सञ्चालन गर्दै आएको वुझिएको छ ।

कायस्थ चार मध्ये तीन जनाले कर तिरे पनि लक्ष्मण कायस्थले विद्यालयलाई नै सो कर तिर्न लगाएको खुल्न आएको छ । जग्गा धनीले कर तिर्न भाडामा विद्यालय सञ्चालन गर्ने थापालाई भने पछि उनी सिधै वडा कार्यालयमा गएर सिफारिस मागेका र नपाएपछि थतानामको धम्की दिएको वडा सचिव लोकदर्शन कोईरालाले वताए ।

यस वारेमा थप जानकारी लिन खोज्दा सगरमाथा उच्चमाविका प्रिन्सिपल धनवहादुर थापाले घरी आफू सो वडामा नगएको र घरी अर्कैको कामले त्यहाँ गएको भन्दै विवादास्पद प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: