कोरियामा नेपाली कामदारको तलब बढ्यो

01सोल । दक्षिण कोरियाली सरकारले सन् २०१६ का लागि न्यूनतम पारिश्रमिक ८.१ प्रतिशतले बढाउने भएको छ । यसले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत आएका आप्रवासी र तल्लो तहका स्वदेशी गरी करिब ३० लाख ४२ हजार कामदार लाभान्वित हुनेछन् ।

बिहीबार बिहान १ बजे सरकार, मजदुर संगठन, व्यवसायिक प्रतिनिधिबीचको मतदानबाट ज्याला वृद्धि गर्ने टुंगो लागेको छ । यो अगस्त ५ मा संसद्बाट पारित हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

सरकारले चालू वर्षका लागि ७.१ प्रतिशत ज्याला बढाएको थियो । नयाँ पारिश्रमिकअनुसार प्रतिघन्टा ६०३० अर्थात ५.३१ अमेरिकी डलर हुनेछ । सातामा चालिस घण्टा अथवा मासिक २०९ घन्टा काम गर्नेले यो वर्षको न्यूनतम मासिक ११ लाख ६६ हजार २२० वन बढेर १३ लाख १० हजार १९७ वन पाउनेछन् ।

यो १ लाख १७ हजार ६२५ रुपैयाँ हो । त्यस्तै, सातामा ४४ घण्टा काम गर्नेले १४ लाख १६ हजार ७६८ वन अर्थात एक लाख २७ हजार १ सय ९३ रुपैयाँ पाउनेछन् । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: